
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिए उल्लंघन गरेर व्यवसाय चलाउने घोषणा गरेको छ।
नाडाको सोमबारको बैठकले अब निषेधाज्ञा थपिए नमान्ने निर्णय गरेको अध्यक्ष कृष्णप्रसाद दुलालले बताए।
काठमाडौं उपत्यकामा भदौ ३ गतेबाट निषेधाज्ञा कायम गरिएको छ। पछिल्लो पटक भदौ २४ गते मध्य रातिसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ।
दुलालले अब निषेधाज्ञा सहेर बस्न सकिने अवस्था नरहेको बताए।