०८ साउन २०८३, शुक्रबार

कोरोनाविरुद्धको रुसी खोप भारतमा पनि परीक्षण गरिने

भदौ २२, २०७७
कोरोनाविरुद्धको रुसी खोप भारतमा पनि परीक्षण गरिने
प्रतिकार्यात्मक तस्वीर

रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ। 

स्पुत्निक पाँच नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जनाएका छन्। रुसी लागानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले सोमबार दिएको जानकारी अनुसार भारत बाहेक साउदी अरब, युनाइटेड अरब इमरेट्स् (युएई), फिलिपिन्स, ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको हो। 

यो खोपको पहिलो र दास्रो चरणको परीक्षण रुसमै भएको थियो। अब तेस्रो चरणको परीक्षण गर्न लागिएको बताइएको छ। उनका अनुसार ्यो परीक्षणको नतिजा आगामी अक्टोबरदेखि नोभेम्बरसम्ममा प्रकाशित हुनसक्ने छ। 

सो कोषले गत अगस्ट ११ मा यो खोप विकास गरिएको घोषणा गरेको थियो। सो घोषणासँगै विश्वभरी आशा र खुशीयाली छाएको थियो। अहिलेसम्मको परीक्षणमा सकारात्मक नतिजा आएकाले यो खोप उपयोगी हुनसक्ने विश्वास गरिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्