२८ जेठ २०८३, बिहीबार

कंगनालाई उच्चस्तरीय सुरक्षा, २४सै घण्टा १० सुरक्षाकर्मीको पहरा

भदौ २३, २०७७
कंगनालाई उच्चस्तरीय सुरक्षा, २४सै घण्टा १० सुरक्षाकर्मीको पहरा

 बलिउड अभिनेत्री कंगना रनौतमाथि धम्की आएपछि उनलाई 'वाई प्लस' क्याटगोरीको सुरक्षा दिइएको छ । उनको सुरक्षामा १० सशस्त्र कमाण्डर तैनाथ हुनेछन् ।

सिफ्टका आधारमा २४सै घण्टा उनीहरुले कंगनालाई सुरक्षा दिनेछन् । ९ सेप्टेम्बरमा मुम्बइ जाँदै गरेकी कंगनालाई त्यहाँ पुग्नुभन्दा अघि नै सुरक्षा दिइएको हो । उनलाई मुम्बइ फर्कन नदिने भन्दै धम्की आएपछि सुरक्षाको अपील गरेकी थिइन् ।

कंगनालाई भने मुम्बइ र महाराष्ट्रका मानिसको अपमान गरेको आरोप जनस्तरबाट उठेको छ । केही राजनीतिज्ञ तथा बलिउडकर्मीहरुले पनि उनलाई मुम्बइका मानिसको अपमान गरेको भन्दै गालीगलौज गरेका थिए । 

कंगनालाई केन्द्र सरकारले सुरक्षा दिएको विषयलाई लिएर महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले आश्चर्यजनक र दुखद् भनी टिप्पणी गरेका छन् । उनले भनेका छन् कि, 'जो मान्छे मुम्बइ र महाराष्ट्रको अपमान गर्छ, उसैलाई केन्द्रबाट 'वाई' स्तरको सुरक्षा दिइन्छ । यो आश्चर्यजनक र दुखद हो ।'

यस कदमबाट केन्द्र सरकारले महाराष्ट्र र मुम्बइको अपमान गरेको पनि व्याख्या गरिएको छ । कंगनाले सुशान्त सिंह राजपुतको मृत्युबारे विवादित अभिव्यक्ति दिन थालेपछि शिवसेनाका नेता सञ्जय राउत र अनिल देशमुखले धम्की दिएका थिए । अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्