
नेपाल प्रहरीको अपराध महाशाखाले झण्डै १३ हजार थान लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
भक्तपुरको सल्लाघारीबाट प्रहरीले १२ हजार ९ सय थान लागूऔषध र ना ३ ख ९०८९ नम्बरको ट्रकसहित वीरगञ्जबाट ट्रकमा २ जना भक्तपुरबाट पक्राउ परेका हुन् ।
सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३७ वर्षीय डम्बरबहादुर प्रधान र ३६ वर्षीय विष्णु प्रधान पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी इश्वर कार्कीले लोकान्तरलाइ बताए । ८ हजार ८ सय एम्पुल डाईजेपाम र ४ हजार थान नाइट्रोजेपाम प्रहरीले बरामद गरेको महाशाखाले जनाएको छ ।