२५ असार २०८३, बिहीबार

बुटवलका सडकबाट बेसहाराको उद्धार गरेर पीसीआर परीक्षण

भदौ २३, २०७७
बुटवलका सडकबाट बेसहाराको उद्धार गरेर पीसीआर परीक्षण

बुटवल उपमहानगरपालिकाले सडकमा रात बिताउन बाध्य बेसहारा सहयोगापेक्षीको उद्धार गरी निःशुल्क पीसीआर परीक्षण थालेको छ ।

बुटवललाई सडकमानवमुक्त घोषणा गरिसकिएको छ । घोषणा गरेयता सडकमा फेला पर्ने कुनै पनि बेसहारा तथा सहयोगापेक्षीलाई तत्काल उद्धार गरिँदै आएको छ । 

आफन्तविहीन भएर सडकमा बेवारिसे जीवन बिताएका बेसहारालाई कोरोना संक्रमण हुनसक्ने र जीवन रक्षा गर्ने उद्देश्यले पीसीआर परीक्षण शुरू गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए  ।  

लकडाउनको अवधिमा बुटवल उपमहानगरपालिकाले २८ जना बेसहाराको उद्धार गरी बुटवलस्थित मानव सेवा आश्रममा राखेको प्रमुख सुवेदीले बताए । यसमध्ये ८ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको र रिपोर्ट आइसकेको छैन । उद्धार गरिएकालाई अलग्गै राख्ने व्यवस्था मिलाइएको छ । 

पीपीई लगाएका उद्धारकर्ता र स्वास्थ्यकर्मीले मानवीय सहयोगका काम निरन्तर गर्दै आएका छन् । बुटवल उपमहानगरले सहयोगापेक्षीको उद्धार र व्यवस्थापनमा समेत सहयोग गरेको मानव सेवा आश्रम रुपन्देही जिल्ला संयोजक सरु अधिकारीले जानकारी दिइन् । उनका अनुसार बुटवल क्षेत्रबाट मात्रै लकडाउनको अवधिमा २८ जनाको उद्धार गरिएको छ भने प्रदेश ५ भरि ४५ जनाको उद्धार गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्