हिमालय आँखा अस्पताल पोखराका लेखा अधिकृत युवती बलात्कार अभियोगमा पक्राउ परेका छन्।
पोखरा महानगरपालिका-७, मासबार घर भइ अस्पतालमा कार्यरत लेखा अधिकृत ३७ वर्षीय वामदेव सुवेदीलाई कास्की प्रहरीले मंगलबार उनकै निवासबाट पक्राउ गरेको हो।
सुवेदीले आफूहरुलाई बलात्कार गरेको भन्दै अस्पतालमै कार्यरत २ जना महिलाले उनीविरुद्ध कास्की प्रहरीमा उजुरी गरेपछि अनुसन्धानका लागि पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।
आँखा अस्पतालका कार्यरत ३१ वर्षीया र ३६ वर्षीया महिलाले आफूहरुलाई विभिन्न डर, धाक धम्की तथा प्रलोभन देखाई करणी गरेको उनीविरुद्ध आरोप लगाएका छन्।
उजुरी दिएकामध्ये एक महिलाले आफूलाई सुवेदीले ४ वर्षदेखि बलात्कार गर्दै आएको दाबी केही दिन पनि गरेकी थिइन्। उनको सो आरोपपछि अस्पताल प्रशासनले सुवेदीलाई निलम्बन गरी घटना अनुसन्धानका लागि छानबिन समिति गठन गरेको छ।
त्यस बेलासम्म पीडित भनिएका युवतीले प्रहरीसमक्ष उजुरी गरेका थिइनन्। हाल अर्की युवतीको समेत संयुक्त उजुरी परेपछि सुवेदी प्रहरी फन्दामा परेका हुन्।