
प्रहरीले लागूऔषधसहित तीन जनालाई भक्तपुरको सल्लाघारीबाट पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले महानगरीय प्रहरी परिसर भक्तपुरको सहकार्यमा मंगलबार दुई हजार ९५० एम्पुल डाईजेपाम, तीन हजार एम्पुल नाईट्रोभेट, दुई हजार ९५० एम्पुल प्रोमाथाजिन, एक हजार ४०० एम्पुल नुर्फिन र एक हजार ५०० एम्पुल बुफ्रोपिनसहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसेका ३६ वर्षीय विष्णु प्रधान, सोही ठाउँका ३७ वर्षीय डम्बरबहादुर प्रधान र सिन्धुपाल्चोक भोटेकोशीका ३२ वर्षीय शङ्कर खड्का छन् । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले ना ३ ख ९८९ नम्बरको कन्टेनरमा लुकाएर लागूऔषध कारोबार गरेको सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिए।