०२ साउन २०८३, शनिबार

विचौलिया मोटाउने, किसान दुब्लाउँदै जाने स्थिति भयो- मन्त्री पुन

भदौ २३, २०७७
विचौलिया मोटाउने, किसान दुब्लाउँदै जाने स्थिति भयो- मन्त्री पुन
फाइल फोटो

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले कृषि क्षेत्रलाई विचौलियाबाट बचाउनुपर्ने बताएका छन्।

कृषि ज्ञान केन्द्र रोल्पाले मंगलबार आयोजना गरेको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेट सार्वजनिक कार्यक्रममा मन्त्री पुनले कृषि क्षेत्रलाई व्यवसायीकरण र आधुनिकीकरण गरेर मात्रै आर्थिक समृद्धि हासिल हुने बताए। 

अन्य क्षेत्र जस्तै कृषि क्षेत्रमा पनि विचौलियाको बिगबिगी भएको बताउँदै वास्तविक किसानसम्म स्रोत साधन पुग्ने वातावरण बनाउनुपर्ने मन्त्री पुनको भनाइ थियो। विचौलिया मोटाउने, किसान दुब्लाउँदै जाने अवस्था सिर्जना भए कृषिमार्फत आर्थिक समृद्धि हासिल गर्ने कुरा भाषणमा मात्रै सीमित हुने मन्त्री पुनले बताए। 

salt training

कमेन्ट गर्नुहोस्