१९ असार २०८३, शुक्रबार

खुसी र स्वस्थ रहन सामाजिक सञ्जालबाट टाढा रहनुस्

भदौ २७, २०७७
खुसी र स्वस्थ रहन सामाजिक सञ्जालबाट टाढा रहनुस्

आममान्छेको दिनचर्याको कयौँ घण्टा सामाजिक सञ्जालमा बित्छ। अहिले धेरैले प्रयोग गर्ने सामाजिक सञ्जाल हुन् फेसबुक, इन्स्टाग्राम, ट्वीटर, ह्वाट्सएप लगायत।

सामाजिक सञ्जालकाे अधिक प्रयाेगले तपाईँहाम्रो समय मात्र बर्बाद भइरहेको छैन, दुखी र अस्वस्थ समेत बनाइरहेको छ।  

‘कप्यूटर इन ह्यूमन बिहेवियर’ नामक अध्ययन अनुसार  यदि तपाईँ खुसी र स्वस्थ रहन चाहनुहुन्छ भने फेसबुक जस्ता सामाजिक सञ्जालबाट टाढा रहनु बेस। यति मात्र होइन खुसीको जीवनका लागि पनि  दिनभर मात्र २५ मिनेट सामाजिक सञ्जाल प्रयोग गर्न उत्तम मानिएको छ। 

शोधकर्ताले २८६ जनामा अध्ययन गरेकामा उनीहरु औसतमा दैनिक १ घन्टा भन्दा बढी समय सामाजिक सञ्जाल प्रयोग गर्थे।

३ महिना चलेको यो अध्ययनबाट पत्ता लाग्यो कि जो २५ मिनेटभन्दा कम सामाजिक सञ्जाल प्रयोग गर्छन उनीहरु बढी खुसी पाइए। र, उनीहरुको जीवनशैलीमा सुधार पनि भयो। उनीहरुले परिवारलाई प्रयाप्त समय समेत दिए। 

जर्मन यूनिभर्सिटीका अध्ययनका प्रमुख शोधकर्ता जूलिया ब्रिलोवास्कियाका अनुसार फेसबुक जस्ता सामाजिक सञ्जाल कम प्रयोग गर्न थालेपछि मान्छेहरु झन सक्रिय भएको पाइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्