२४ असार २०८३, बुधबार

सिन्धुपाल्चोकमा भीषण पहिरो : भीरखर्कमा ३ जनाको मृत्यु, नागपुजेमा ८ घर पुरियो, १५ जना बेपत्ता

सिन्धुपाल्चोकमा भीषण पहिरो : भीरखर्कमा ३ जनाको मृत्यु, नागपुजेमा ८ घर पुरियो, १५ जना बेपत्ता

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका विभन्न ठाउँमा भीषण पहिरो गएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण नगरपालिकाका विभिन्न ठाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव प्रसाद काफ्लेले लोकान्तरलाई जानकारी दिए । 

यता, नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनका अनुसार वडा नम्बर ७ नागपुजेमा  ८ घर पुरिएको छ । लोकान्तरसँग उनले भनिन्, अहिलेसम्म ८ घर पुरिएको जानकारी आएको छ भने १५ जना बेपत्ता भएको स्थानीयले बताएका छन् ।

भीरखर्कमा पहिरोका कारण ३ जनाको मृत्यु भएको छ । 

नजिकका गाउँ पुरै विस्थापित भएको उनले जनाएकी छन् । नजिकको साकोस बस्ती पुरै  विस्थापित भएको छ भने डाँडागाउँ पनि बिस्थापित भएको छ, उनले भनिन् । 

salt training

कमेन्ट गर्नुहोस्