काठमाडौं, २४ बैशाख संविधान संशोधनमा राज्य कहिल्यै गम्भीर नभएको टिप्पणी राजपाका अध्यक्ष महन्थ ठाकुरले गरेका छन् । उनले संविधान संशोधन नभए मुलुकको राजनीति मात्र होइन, राष्ट्र नै गम्भीर संकटमा पर्छ गर्ने समेत चेतावनी दिएका छन् ।

अन्नपूर्ण पोस्टमा प्रकाशित अन्तर्वार्तामा उनले भनेका छन्- राज्यको यही रवैया कायम रह्यो भने दोस्रो चरणको निर्वाचनमा समेत मधेसकेन्द्रित दलले भाग नलिएपछि मुलुक विघटनको संघारमा पुग्ने छ । हाम्रो परिभाषामा संविधान संशोधनले देशमा एकता र सद्भाव कायम गर्छ विखण्डन होइन ।