२२ असार २०८३, सोमबार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति सेवा बन्द

भदौ ३१, २०७७
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति सेवा बन्द
प्रतिकात्मक तस्वीर

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीवारसम्मका लागि बन्द गरिएको छ ।

अस्पतालको प्रसूति विभागमा भदौ २७ गते भर्ना भई सोही दिन आकस्मिक शल्यक्रिया गरिएकी तनहुँको शुक्लागण्डकी नगरपालिका–१० की २४ वर्षीया महिलामा मंगलवार कोरोना संक्रमण पुष्टि भएपछि शल्यक्रिया विभाग तथा वार्डको निर्मलीकरणका लागि प्रसूति सेवा बन्द गरिएको अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए ।

महिलाको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई क्वारेन्टिनमा राखिएको र उनीहरूको नतिजा नेगेटिभ नआएसम्मका लागि अत्यावश्यक शल्यक्रिया गर्नुपर्ने बाहेकका अन्य सेवाहरू बिहीवारसम्म सेवा बन्द गरिएको उनको भनाइ छ ।

अस्पतालले प्रसूति बाहेकका अस्पतालले प्रदान गर्दै आएको अन्य सम्पूर्ण सेवाहरू भने सञ्चालनमा रहेको सेवाग्राहीमा जानकारी गराएको छ । महिलामा कोभिड–१९ को आशंकामा २८ गते नमूना संकलन गरी परीक्षणका लागि पठाइएकामा नतिजा पोजिटिभ आएको अस्पतालले जनाएको छ ।

गण्डकी प्रदेशको सबैभन्दा ठूलो यस अस्पतालमा प्रदेशका ११ वटै जिल्लाबाट गरी दैनिक १ हजार ५०० जनाको हाराहारीमा बिरामी आउने गर्दछन् ।

salt training

कमेन्ट गर्नुहोस्