२८ असार २०८३, आइतबार

ग्रीसमा कोभिडबाट बच्न बाँडियो अनुहारै ढाक्ने मास्क (भिडियो)

भदौ ३१, २०७७
ग्रीसमा कोभिडबाट बच्न बाँडियो अनुहारै ढाक्ने मास्क (भिडियो)

ग्रीसले देशभरिका विद्यालयलाई सित्तैमा फेस मास्क बाँड्ने योजना बनाएकोमा त्यसले बेइज्जती गराएको छ । मास्कहरू बालबालिका तथा वयस्क दुवैका लागि निकै ठूलो बनाइएको रहेछ । 

ग्रिसेली अधिकारीहरूले गल्ती भएको स्वीकार मंगलवार गरे । यसै हप्ता विद्यालयहरूमा मास्क वितरण गरिएको थियो । 

‘मास्कको आकार निकै ठूलो थियो,’ पाँच लाख मास्क बनाउने ठेक्का पाएका यिआन्निस स्टाथोपौलोसले ओपन टीभीलाई बताए । दश वर्षमुनिका बालबालिकाको मास्कको नाप १० बाई १८ सेन्टीमिटर थियो भने अलि ठूला बालबालिकाका लागि १२ बाई २२ सेन्टीमिटर थियो । 

सरकार र ठेकेदारबीच बुझाइमा फरक परेकाले यो समस्या आएको स्वास्थ्य राज्यमन्त्री भासिलिस कोन्तोजामानिसले बताए । पहिले नै सिएर राखिएको कपडाका लागि नाप दिइएको उनले बताए । 

तर मास्क अर्डर गर्नेहरूले कसरी प्रिस्टिच गर्ने भनी व्याख्या नगरेकाले मास्क बालबालिकाका लागि मात्र नभई वयस्कका लागि पनि निकै ठूलो हुन पुग्यो । 

ठेकेदार स्ताथोपौलोसले चाहिँ सम्झौता बमोजिम नै मास्क बनाएको भनी अड्डी कसिरहेका छन् । 

ग्रीसको सामाजिक सञ्जालमा बडेमानको मास्कका तस्वीरहरू भाइरल बनिरहेका छन् । 

त्यहाँको स्वास्थ्य मन्त्रालयले यस समस्याको समाधान छिट्टै निकालिने बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्