२६ असार २०८३, शुक्रबार

सार्वजनिक गाडी खुल्ने भएपछि यात्रुहरू हुत्तिँदै पुगे टिकट काउन्टर, घर फर्किने चाहना

सार्वजनिक गाडी खुल्ने भएपछि यात्रुहरू हुत्तिँदै पुगे टिकट काउन्टर, घर फर्किने चाहना

कर्णालीको राजधानी वीरेन्द्रनगरको बसपार्क कोरोनाका कारण विगत लामो समयदेखि सुनसान थियो ।

एकाध गाडी पार्किङ गरेर राखिए पनि न कसैको चहलपहल थियो न कोही यात्रु त्यतातिर जाने गर्थे ।

असोज एक गतेदेखि गाडी चल्ने खबर सार्वजनिक हुँदा टिकट काउण्टरमा कर्णालीका विभिन्न जिल्लामा जानका लागि टिकट काटनेहरूको लाइन लाग्न शुरू भएको छ ।

लोकान्तर सम्वाददाता बिहान साढे एघार बजे बसपार्क पुग्दा हरेक काउन्टरमा दर्जन बढी यात्रु लाइन लागेका देखिन्थे ।

कालिकोटको खाँडाचाक्र जाने तयारीमा रहेका हिक्मत विश्वकर्मा मकै भाँच्ने र बारी जोत्ने समयमा घर जान पाइने आशमा थिएनन् ।

आज बिहानै रेडियोमा उनले असोज एक गतेदेखि गाडी सञ्चालन हुने भन्ने सुनेपछि बसपार्क आए ।

टिकट काट्न लाइनमा लागे । अब यसरी यात्रुबाहक साधन बन्द कहिल्यै नहोऊन् भन्ने उनले कामना गरे ।

मुगुको छायानाथ रारा नगरपालिकाका सरोज शाही यसअघि अन्य गाडीमा यात्रा गर्न पाएनन् ।

एक त गाडी नै चल्दैन थिए भने निजी गाडीमा जाँदा कम्तिमा ८ हजार भाडा तिर्नुपर्ने अवस्था थियो ।

'गाडी खुल्ने भनेपछि टिकटका लागि लाइनमा लाग्न आएको हुँ, भोलि बिहानको पहिलो गाडीमा घर जान्छु ।'

यता, सुर्खेत काँक्रेबिहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले भोलिदेखि लामो तथा छोटो दुरीको सवारी साधन सञ्चालन हुने बताए ।

आधा सिटमा यात्रु राख्ने, भाडाको पचास प्रतिशत बढी लिने गरेर गाडी सञ्चालन गर्ने तयारी भएको उनको भनाइ छ ।

देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्का जुनीले भने छोटो दुरीमा यात्रा शुरू हुने तर काठमाडौं जाने गाडी भने ५ गतेबाट मात्रै क्यु खोल्ने तयारी भइरहेको बताए ।

यस्तो गर्नुको कारण विगत ६ महिनादेखि गाडी थन्किएका र त्यसको सर्भिस गर्नुपर्ने रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्