
यातायात व्यवस्था कार्यालयले शुक्रबारदेखि सवारी चालक अनुमतिपत्र वितरण थाल्ने भएको छ । कोरोनाभाइरसको जोखिमका कारण रोकिएको लाइसेन्स वितरण कार्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै बिहीबारदेखि वितरण गर्न लागिएको हो ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठुलो भर्याङले सूचना जारी गर्दै चालक अनुमतिपत्र वितरण थाल्ने जानकारी गराएको छ । कार्यालयले लाइसेन्स वितरण बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै गर्नेछ ।
यातायात व्यवस्था विभागले माग भएर आएका सबै लाइसेन्स प्रिन्ट गरेर सम्बन्धित कार्यालयहरूमा पठाइसकेको छ।