
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्यका लागि बिहीवार ४ बजे सपथ तोकिएको छ ।
गौतमको सचिवालयले लोकान्तरलाई आजै ४ बजे सपथ हुने जानकारी दियो ।
सोमवार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
राष्ट्रपति कार्यालयबाट गौतमलाई बिहीवार नियुक्त गरेको हो ।
यसअघि राष्ट्रपतिबाट मनोनयन हुने कोटामा निवर्तमान अर्थमन्त्री युवराज खतिवडा राष्ट्रिय सभामा सदस्यका रूपमा रहेका थिए । उनको दुई वर्षे कार्यकाल गत फागुन २० गते नै समाप्त भएको थियो ।
त्यसयता राष्ट्रिय सभामा एक सदस्य पद खाली थियो ।