०६ साउन २०८३, बुधबार

काठमाडौं उपत्यकामा मात्र थपिए ६ सय १८ जना कोरोना संक्रमित, चितवनमा १ सय १ जना

काठमाडौं उपत्यकामा मात्र थपिए ६ सय १८ जना कोरोना संक्रमित, चितवनमा १ सय १ जना

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

सबैभन्दा बढी काठमाडौंमा ५ सय ७ जना संक्रमित थपिएका छन् । उपत्यकाका अन्य दुई जिल्ला ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा संक्रमण पुष्टि भएको छ । 

उपत्यकामा थपिने संक्रमितको कुल योगफल ६ सय १८ रहेको छ ।

काठमाडौंपछि सबैभन्दा बढी चितवनमा १ सय १ जना संक्रमित थपिएका छन् । 

आजको मितिमा पहिचान भएका सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४१ छ, जुन हिजोको भन्दा १ कम हो ।

संक्रमितमध्ये ४२ हजार ९ सय ४९ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ हजार २ सय ४३ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

मृतकको संख्या भने ३ सय ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्