१९ असार २०८३, शुक्रबार

प्रधानसेनापति र पाकिस्तानका राजदूतबीच भेटवार्ता

प्रधानसेनापति र पाकिस्तानका राजदूतबीच भेटवार्ता

प्रधानसेनापति पूर्णचन्द्र थापाले मित्रराष्ट्र पाकिस्तानका राजदूत  मजहर जावेदसँग बिहीबार जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।  


आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कने क्रममा रहेका राजदूत र प्रधानसेनापति थापा बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ  ।
 मित्रराष्ट्रका उच्च पदस्थ अधिकारीसँग हुने यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्