०२ साउन २०८३, शनिबार

अमेरिकी सैन्य सल्लाहकार बसेको ठाउँमा आईएसको आक्रमण, दुईको मृत्यु

कात्तिक २०, २०७४
अमेरिकी सैन्य सल्लाहकार बसेको ठाउँमा आईएसको आक्रमण, दुईको मृत्यु

काठमाडौं, २४ वैशाख — आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) का आत्मघाती आक्रमणकारीहरूले आइतवार उत्तरी इराकको एक आधार इलाकामा आक्रमण गर्दा दुईजनाको मृत्यु भएको अनि ६ जना घाइते भएको सुरक्षास्रोतले जनाएको छ ।


यसका अलावा दुईजना लडाकुको आफ्नो भेस्ट पड्काउँदा मृत्यु भएको र तीन अन्य लडाकुलाई कुर्दिश पेशमर्गा शक्तिले मारेको बताइएको छ ।

‘उनीहरूले कुर्दिश पेशमर्गाको जस्तो लुगा लगाएका थिए र दाह्री पनि हामीले जस्तै काटेका थिए,’ एक अधिकारीले रोयटर्सलाई बताए ।

आईएसले एक वक्तव्य निकालेर घटनाको जिम्मेवारी लिएको छ र आफूले दर्जनौं दुश्मनलाई मारेको र घाइते बनाएको बताएको छ ।

इराकी बलहरूले अमेरिकी नेतृत्वको गठबन्धनअन्तर्गत रही आईएससँग लडाईं गरिरहेका छन् । तर आज आक्रमण भएको आधार इलाका लगायतका धेरै ठाउँ अझै पनि लडाकुको कब्जामा रहेको छ ।

रोयटर्स

salt training

कमेन्ट गर्नुहोस्