
बक्स अफिसमा लगातार नयाँ रेकर्ड बनाइरहेको एसएस राजामौलीको फिल्म बाहुबली–२ ले कमाइमा एक नयाँ इतिहास बनाएको छ । बाहुबली भारतको पहिलो फिल्म बनाएको छ जसले १ हजार करोडको कमाइ गरेको छ ।
चलचित्रको कमाइबारे जानकारी दिने व्यक्तिहरुका अनुसार फिल्मले १ हजार करोडको कमाइ गरेको हो । करण जोहरले पनि आफ्नो ट्वीट मार्फत फिल्मले १ हजार करोडको आकडापार गरेको जनाउँदै फिल्मले कोशेढुंगा पार गरेको हो ।
बाहुबली २ ले मात्र नौं दिनमा यो आकडा पार गरेको हो । बाहुबली २ ले भारतमा ८०० करोड भन्दा धेरै कमाइ गरेको छ भने विदेशमा लगभग २०० करोडको कमाइ गरेको हो । फिल्म हाउसफुलको रुपमा लगातार प्रदर्शन भइरहेको छ । यस हिसाबमा फिल्मले १५ हजार करोडको आकडा पार गर्न सक्ने अनुमानहरु गरिएको छ ।
फिल्मा अभिनेता एवं मुख्य पात्र प्रभावसले आफ्नो फेसबुक मार्फत फ्यानहरुलाई धन्यवाद एवं वधाइ दिएका छन् ।
यो फिल्म विश्वभरका ९ हजार स्क्रिनमा रिलिज भएको थियो । यो फिल्मले तेलुगुमा बनेको तथा हिन्दी सहित ६ भाषामा रिलिज भएको छ ।
यस फिल्ममा प्रभास, रणा दग्गुवती, अनुष्का शेट्टी, राम्य कृष्ण्न, नासिर तथा सत्यराजको मुख्य भूमिका रहेको छ ।