२७ असार २०८३, शनिबार

डडेल्धुरा अस्पतालको प्रयोगशालामा २६ जनाको स्वाब रिपोर्ट पोजेटिभ

डडेल्धुरा अस्पतालको प्रयोगशालामा २६ जनाको स्वाब रिपोर्ट पोजेटिभ

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी र दार्चुलाका १८६ जनाको शुक्रबार नमूना परीक्षण गर्दा २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डडेल्धुरा अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिस्ट जिनी गणेजुले जानकारी दिए ।

सङ्क्रमितमध्ये डडेल्धुरा जिल्लाका नवदुर्गा गाउँपालिकाका दुई र अमरगढी नगरपालिका एक, दार्चुलाको मार्मा गाउँपालिकाका २० र महाकाली नगरपालिकाका एक तथा बैतडीको पाटन नगरपालिकाका दुई गरी कूल २६ जना रहेको सो अस्पतालले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्