काठमाडौं । विभिन्न ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ५०० बढी सक्रिय संक्रमित रहेको जिल्लामा मोरङ, सुनसरी, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र रुपन्देही रहेको छ ।
यस्तै शनिबारसम्म ७ जिल्लामा संक्रमित रहेका छैनन् । संक्रमित शून्य रहेको जिल्लामा सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेको छ ।
शनिबारसम्म देशभर कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।