काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८ लाख नाघेको छ । वर्ल्डोमिटर्सको अनुसार शनिबार अबेरसम्म कोरोना संक्रमितको संख्या ३ करोड ८ लाख २७ हजार ६०० नाघेको हो ।
यस्तै ९ लाख ५८ हजार ५१४ जनाको मृत्यु हुँदा हालसम्म संक्रमितमध्ये २ करोड २४ लाख ४० हजार बढी निको भइसकेका छन् । यस्तै हाल ७४ लाख २८ हजार बढी उपचार रहेको पनि समाचारमा जनाइएको छ ।
शनिबारसम्म देशभर कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।