०३ असार २०८३, बुधबार

डेढ दर्जन कम्पनीको आईपीओ आउँदै

असोज ४, २०७७
डेढ दर्जन कम्पनीको आईपीओ आउँदै

शेयर बजारमा विभिन्न कम्पनीका प्राथमिक शेयर (आईपीओ) आउन लागेका छन्।

शेयर निष्कासनका लागि धितोपत्र बोर्डको अनुमतिको माग गर्दै डेढ दर्जनभन्दा बढी कम्पनी आफ्नो शेयर पाइपलाइनमा राख्दै छन् ।

शेयर बजारमा लगानीकर्ताको ध्यान शेयर बजारले आकर्षित गरिरहेको अवस्थामा अर्को इन्स्योरेन्स कम्पनीको पनि शेयर आउँदैछ। निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्सले यही असोज दोस्रो सातादेखि
प्रतिकित्ता एक सय अङ्कित मूल्यको आईपीओ ल्याउने तयारी गरिरहेको हो।

आईएमई लाइफ इन्स्योरन्सको शेयर पनि आउन लागेको छ। कम्पनीले सिभिल क्यापिटल मार्केटमार्फत ६० करोड रुपियाँ बराबरको शेयर जारी गर्न लागेको हो।

त्यस्तै सानिमा जनरल इन्स्योरेन्स कम्पनीले पनि बराबरको शेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। चन्द्रागिरि हिल्सले १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्कासन गर्न प्रक्रिया अगाडि बढाएको छ। गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्