सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।
बैठक आइतवार बिहान ११ बजेदेखि शुरू हुने कार्यक्रम रहेको छ ।
बैठकमा पार्टी एकताका काम, मन्त्रिमण्डल पुनर्गठन लगायत अन्य एजेण्डामा छलफल हुने कार्यक्रम रहेको छ ।
पार्टी हाइकमाण्डको बैठक पेरिसडाँडामा बस्न लागेको यो पहिलोपटक हो ।
यसअघि पार्टीका प्रायः बैठकहरू प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बस्ने गरेका थिए ।
बैठक गत शुक्रवारलाई बोलाइएको भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
आज ११ बजे बस्ने तय भएको बैठक यो समाचार तयार पार्दासम्म स्थगित भएको सूचना आइसकेको छैन ।