३० जेठ २०८३, शनिबार

लद्दाखको देप्साङमा चिनियाँ सेनाले भारतलाई विस्थापित गरिसकेको हो ?

असोज ४, २०७७
लद्दाखको देप्साङमा चिनियाँ सेनाले भारतलाई विस्थापित गरिसकेको हो ?

लद्दाखको देप्साङमा रहेको रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा भारतीय सैनिकहरूलाई चिनियाँ सेनाले टिक्न नदिएको खबरहरू आएका छन् । 

बिहीवार भारतका रक्षामन्त्री राजनाथ सिंहले लद्दाखमा चीनसँगको सीमामा गश्ती गर्ने प्रक्रिया पहिलेदेखि नै चलिआएको र यसका विषयमा कुनै भ्रम नरहेको बताएका थिए । 

भारतीय सैनिकहरूलाई सीमामा गश्ती गर्न संसारको कुनै पनि शक्तिले रोक्न नसक्ने पनि उनले बताएका थिए । पहिले जसरी नै गश्ती हुने गरेको र त्यसमा परिवर्तन नभएको उनले बताए । 

तर दी इन्डियन एक्सप्रेस पत्रिकामा छापिएको खबरअनुसार, उत्तरी लद्दाखको देप्साङमा धरातलीय यथार्थ पूरै भिन्न छ । 

मे महिनामा वास्तविक नियन्त्रण रेखामा गतिरोध शुरू हुनुभन्दा एक महिनाअघिसम्म भारतीय सैनिकहरूलाई पांगोङ त्सोमा रहेको फिंगर ८ देखि वास्तविक नियन्त्रण रेखासम्म गश्ती गर्न दिने गरिएको थियो । 

तर चिनियाँ सेनाले देप्साङका पाँचवटा परम्परागत गश्ती विन्दुबाट बाटो दिन अस्वीकार गरेको छ । चीनले पोइन्ट १०, ११ए, १२ र १३ मा मार्च महिनाबाटै भारतीय सैनिकलाई जान नदिएको भारत सरकारकै शीर्ष सूत्रहरूले बताएका छन् ।

यी पाँचैवटा गश्ती विन्दु वास्तविक नियन्त्रण रेखा नजिक छन् र भारतकै क्षेत्र हुन् । सरकारी सूत्रहरूले भारतीय सैनिकहरूलाई जान नदिइएको त्यो क्षेत्र कति ठूलो छ भनी बताएनन् । अनुमानमुताबिक त्यो ५० वर्गकिलोमिटर छ । 

यी गश्ती विन्दुहरू सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण छन् । तिनलाई आफ्नो नियन्त्रणमा लिएर चिनियाँ जनमुक्ति सेनाले भारतीय सैनिकहरूलाई हटाउन सफल भएको देखिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्