डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “डिशहोममा डिलर दाइको डिस्काउन्ट” नामक अफर संचालन गरिरहेको छ ।
यसै अफर लाई डिशहोमले वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ । यस अफरमा डिलरदाई मार्फत फन्ड ट्रान्स्फरबाट बार्षिक रिचार्ज गर्दा वीक्ली लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ ।
यस्तै २ वर्षे रिचार्जमा वीक्ली लक्की ड्रमा डबल मौका प्राप्त हुनेछ । हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रति व्यक्ति रु एक / एक लाख नगद उपहार यस अफर मार्फत जित्न सकिनेछ ।
वीक्ली लक्की ड्रको विजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको क्यास आइडीको आधारमा गरिन्छ ।
हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १०ण, र रमाईलो टिभीमा लक्की ड्रको प्रत्यक्ष प्रशारण हुन्छ ।
अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराइने छ ।