१९ असार २०८३, शुक्रबार

उत्तर कोरियाले किन फिर्ता पठाइदियो चीनबाट आयात भएको मास्क ?

उत्तर कोरियाले किन फिर्ता पठाइदियो चीनबाट आयात भएको मास्क ?

हाल उत्तर कोरियामा कोरोना संक्रमित भए–नभएको खुल्न नसकेपछि सो देशले निकै कडाइ गरिसकेको समाचारहरु आइरहेका छन् । विशेषगरी उत्तरले सीमा नाकामा कडाइ गरेको छ भने चीन तर्फबाट अवैधरुपमा सिमापार गर्नेलाई गोली हान्नेसम्मको आदेश दिएको समाचार केही अघि सार्वजनिक भएको थियो । 

उत्तर कोरियामा मास्क लगाउन अनिवार्य गरिएको छ भने सो देशमा मास्कको निकै अभाव छ । अभाव पूर्तिकै लागि उत्तरले चीनबाट आयात गरेको ठूलो परिमाणको मास्क फिर्ता पठाइदिएको समाचारमा जनाइएको छ । 
यो मास्क दक्षिण कोरियामा बनाइएको हुनसक्ने आशंकामा उत्तरका अधिकारीहरुले फिर्ता गरिदिएका हुन् । स्मरण रहोस्, दक्षिण कोरियामा निर्मित सामाग्रीको आयात उत्तरमा अवैध मानिन्छ ।

यसैबीच उत्तरले मास्क फिर्ता पठाइ दिएपछि चिनियाँ व्यपारीहरु तनावका साथै आश्चर्यमा परेका छन् । चिनियाँ सीमा शहर डानदोङका एक व्यापारीका अनुसार उत्तर कोरियाको एक स्टोरमा महिना दिनसम्म राखेपछि मास्क फिर्ता गरिएको हो । 


 

salt training

कमेन्ट गर्नुहोस्