महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट हालसम्म ३ करोड ११ लाख बढी संक्रमित भएका छन् । आइतबार मध्यरातसम्म ३ करोड ११ लाख १८ हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै हालसम्म ९ लाख ६३ हजार ३१८ जनाको मृत्यु हुँदा २ करोड २७ लाख १४ हजार बढी निको भइसकेका छन् ।
यस्तै हाल ७४ लाख बढीको उपचार भइरहेको पनि समाचारमा जनाइएको छ । हालसम्म कोरोनाबाट सबैभन्दा धेरै अमेरिका प्रभाव परेको छ भने त्यसपछि भारतमा छन् ।