०२ असार २०८३, मंगलबार

उपचारका लागि अस्पताल लैजाँदै गर्दा वडाध्यक्षको बाटोमै निधन

उपचारका लागि अस्पताल लैजाँदै गर्दा वडाध्यक्षको बाटोमै निधन
सांकेतिक तस्वीर

सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष गोविन्दसिंह थापा मगरको आज ५४  वर्षका उमेरमा निधन भएको छ । 

केही महिनादेखि बिरामी मगरलाई उपचारका लागि धरान लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले मृत घोषणा गरेपछि उनको शव घर ल्याउन लागिएको रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिए ।

 विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा नौ दिनको उपचारपछि तीन दिनअघि घर फर्किएका मगरको स्वास्थ्यावस्था गम्भीर भएपछि आज बिहान धरान लगिएको स्थानीयवासी मुक्ति साहले बताए ।

सार्वजनिक जग्गामा घर बनाएको विरोधमा स्थानीयवासीले अवरोध गरेपछि  मगर केही महिनादेखि निकै तनावमा थिए ।

उनी गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा ५६६ मत ल्याएर निर्वाचित भएका थिए । रासस

salt training

कमेन्ट गर्नुहोस्