२८ जेठ २०८३, बिहीबार

प्रधानमन्त्रीद्वारा ‘हिमचितुवा’ शेर्पाप्रति श्रद्धाञ्जलि

असोज ५, २०७७
प्रधानमन्त्रीद्वारा ‘हिमचितुवा’ शेर्पाप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङ्रिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमवार अपराह्न ट्वीट गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

‘विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका आङ्रिता शेर्पाको निधनले अत्यन्त दुखित तुल्याएको छ । यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अपर्ण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दछु । उहाँको कीर्तिमानी सदा स्मरणीय रहनेछ,’ प्रधानमन्त्रीले ट्वीटरमा लेखेका छन् ।
     
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पनि शेर्पाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । पर्यटनमन्त्रीले सामाजिक सञ्जाल फेसबूकमार्फत ‘हिमचितुवा’ शेर्पाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पणका साथै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्