२९ जेठ २०८३, शुक्रबार

साढे ९ हजार पीसीआर परीक्षणमा ११ सय ५४ मा संक्रमण

साढे ९ हजार पीसीआर परीक्षणमा ११ सय ५४ मा संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ सय रहेको जनाएको छ ।

सोमवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ३३ जनाको पीसीआर गरिएको र तीमध्ये ११ सय ५४ मा संक्रमण देखिएको बताएका हुन् ।

उनले पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १ हजार ५ रहेको बताए । आजसम्म संक्रमणमुक्त भएर निको हुनेको संख्या ४७ हजार २ सय ३८ रहेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्