०९ असार २०८३, मंगलबार

रामपुरमा प्रमुख र उपप्रमुखको टुङ्गो लाग्यो [ नामावलीसहित ]

कात्तिक २०, २०७४
रामपुरमा प्रमुख र उपप्रमुखको टुङ्गो लाग्यो [ नामावलीसहित ]

रामपुर, २४ वैशाख - रामपुर नगरपालिकामा क्रियाशील राजनीतिक दलले आज नगर प्रमुख र उपप्रमुखमा उठ्ने उम्मेदवारको टुङ्गो लगाएका छन् ।

नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुखमा रमणबहादुर थापा, उपप्रमुखमा विष्णुदेवी घिमिरे आचार्यलाई उम्मेदवार बनाएको छ ।

नेकपा एमालेले नगर प्रमुखमा राजुप्रसाद श्रेष्ठ र उपप्रमुखमा दुर्गादेवी राना, नेकपा माओवादी केन्द्रका तर्फबाट नगर प्रमुखमा कमलराज भट्टराई र उपप्रमुख पदमा विमलादेवी ढकाललाई सर्वसम्मतिमा उम्मेदवार चयन गरेको छ ।

राप्रपाबाट नगर प्रमुखमा शोभा केसी, उपप्रमुखमा कृष्णप्रसाद अर्याल, जनमोर्चाका तर्फबाट नगर प्रमुखमा रेशम कँडेल, उपप्रमुखमा सावित्रा गैरेलाई उम्मेदवार बनाएको छ । 

स्थानीय तहको निर्वाचन सरे पनि नगरमा क्रियाशील राजनीतिक दलले उम्मेदवारको टुङ्गो लगाएका हुन् । रासस

salt training

कमेन्ट गर्नुहोस्