०३ असार २०८३, बुधबार

गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइयो

गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइयो

जुम्लामा आठ दिनदेखि अनसनरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।  

तीन दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डा केसीलाई आज समिट एयरबाट जुम्लादेखि काठमाडौँ पठाइएको प्रतिष्ठान अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिए ।
पन्ध्रौ सत्याग्रह जुम्लामा बसेका डा केसी उन्नाईसौ सत्याग्रह पुनः जुम्लामै सुरु गरेका थिए । डा.केसीले भने दुई वर्षअघि जुम्ला प्रतिष्ठानमा भएको हिंसात्मक घटना पुनः नदोहोरियोस् भनेर काठमाडौँ जाने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्