
पूर्वपञ्चको पार्टी राप्रपाको एकता महाधिवेशन आगामी २०७८ वैशाखमा हुने भएको छ ।
पार्टी एकतापछि मंगलवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकले वैशाख २५ देखि २८ सम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले राप्रपाको विधानलाई कायम गर्दै आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको नेता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाको झण्डामा गाई र चुनाव चिह्न हलो राख्ने समेत निर्णय भएको छ ।
पटक–पटक टुटफुट र विभाजन व्यहोरेको राप्रपामा चुनाव चिह्नको विवाद थियो ।