२७ जेठ २०८३, बुधबार

अझै केही दिन वर्षा हुने, विभागले गरायो सचेत

अझै केही दिन वर्षा हुने, विभागले गरायो सचेत

हिजोदेखि देशभर भइरहेको हल्का तथा मध्यम वर्षा अझै केही दिन जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभाग अन्तर्गतको मौसम पूर्वानुमान डिभिजनले ट्वीट गर्दै अझै केही दिन सतर्कता अपनाउन अपिल गरेको हो ।

'हाल देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको र अझ केही दिन वर्षाको गतिविधि बढ्ने सम्भावना रहेकाले आवश्यकता अनुसार सतर्कता अपनाउनु होला,' ट्वीटमा लेखिएको छ ।

हिजोदेखि राजधानी काठमाडौं‌ उपत्यकासहित देशका विभिन्न भू-भागमा हल्का तथा मध्यम वर्षा भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्