
साझा यातायातका लामो दूरीका बसहरू भोलिबाट चल्ने भएका छन् ।
साझा यातायातले मंगलवार ट्वीट गर्दै काठमाडौं–भैरहवा तथा काठमाडौं–बाग्लुङ रूटका रात्रि बसहरू भोलि साँझबाट चल्ने जानकारी गराएको हो ।
'साझा यातायातद्वारा सञ्चालित डिलक्स रात्रि बस सेवाअन्तर्गत काठ–बाग्लुङ र काठ–भैरहवामा नेपाल सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड पालना गर्दै ०७७/०६/०७ देखि नयाँ बसपार्कबाट साँझ सात बजे र कलंकीबाट साँझ साढे ७ बजे बस छुट्ने व्यहोरा आदरणीय यात्रु महानुभावहरूमा जानकारी गराइन्छ,' ट्वीटमा लेखिएको छ ।
सरकारले यही असोज १ गतेबाट लामोदुरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।