०६ साउन २०८३, बुधबार

मन्त्रिपरिषद् पुनर्गठन कहिले ? नेकपा प्रवक्ताले दिए यस्तो जवाफ

मन्त्रिपरिषद् पुनर्गठन कहिले ? नेकपा प्रवक्ताले दिए यस्तो जवाफ
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको सर्वसम्मत निर्णय र सचिवालयको निर्णयानुसार मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने बताएका छन् ।

मंगलवारको बैठकमा भने यसबारे कुनै निर्णय नभएको उनले जानकारी गराए ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको नेकपा सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले छिटोेभन्दा छिटो मन्त्रिपरिषद् पुनर्गठन हुने भने बताए ।

‘मन्त्रिपरिषद् पुनर्गठन छिटोभन्दा छिटो हुन्छ,’ पत्रकारको एक प्रश्नको जिज्ञासामा प्रवक्ता श्रेष्ठले भने, ‘यसबारे अस्ति भनेकोबाहेक मसँग अरू जवाफ छैन ।’

आइतवार बसेको बैठकले सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको थियो । यसका लागि विभिन्न मापदण्डबारे सुझाव आएको प्रवक्ता श्रेष्ठले बताएका थिए ।

मंगलवारको सचिवालय बैठकले रिक्त संवैधानिक निकायमा पदपूर्तिका लागि यथाशीघ्र संवैधानिक परिषद्को बैठक राख्न सुझाव दिने निर्णय गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्