
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा जम्मा ६ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना सार्वजनिक गर्दै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ६ सय ४७ रहेको जनाएको हो ।
काठमाडौँ जिल्लामा ५ सय ११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा देशैभर १३ सय ५६ जनामा संक्रमण देखिएको छ ।
मंगलवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११ हजार १ सय ५४ को पीसीआर परीक्षण गरिएको छ भने तीमध्ये १३ सय ५६ मा संक्रमण देखिएको बताए ।
उनले यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको बताए ।
संक्रमण मुक्त भएर पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ८ सय २३ रहेको छ भने हालसम्म ४८ हजार ६१ जना हालसम्म डिस्चार्ज भएका छन् ।
डा. गौतमले भेन्टिलेटरमा उपचार गराइरहेका संक्रमितको संख्या ३७ रहेको बताए ।