०३ असार २०८३, बुधबार

विगत २ महिनादेखि युरियाको अभाव, बंगलादेशबाट आउन अझै १ महिना लाग्ने

असोज ६, २०७७
विगत २ महिनादेखि युरियाको अभाव, बंगलादेशबाट आउन अझै १ महिना लाग्ने
फाइल फोटो

पर्सामा विगत २ महिनादेखि युरिया मलको अभाव छ । 

मलको अभाव खपिरहेका किसानले अबको १ महिनाभित्र सो मल पाउने भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ । 

बंगलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउन लागेकाले सो मल १ महिनाभित्र आइपुग्ने कार्यालयका प्रबन्धक गोरखनाथ  केसीले राससलाई बताए । उनले बंगलादेशबाट नेपालको लागि आउने ५० हजार मेट्रिक टन युरिया मलमध्ये पर्सा जिल्लाका लागि २५ हजार मेट्रिकटन हुने भएकाले लामो समयदेखि देखिएको मलको अभाव समाप्त हुने बताए ।

कार्यालयले धान खेतीलाई लक्षित गरी पर्सा जिल्लामा असारसम्म युरिया मल बिक्री गरेको थियो तर मल सकिएकोले सोको अभाव हुन गएको हो । सो कार्यालयले प्राप्त गरेको मल प्रदेश नम्बर २, ३ र ४ को १६ वटा कार्यालयमा पठाउँदै आएको छ । 

यसैगरी कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा युरिया र डीएपी मल ६/६ हजार मेट्रिक टन तथा  पोटास ७०० टन बिक्री गरेको छ । गत पुस महिनामा मल ल्याउने ठेक्का पाएका शैलुंग इन्टरप्राइजेज र होनीको मल्टिपलले समयमा रासायनिक मल ल्याउन नसक्दा युरिया मलको अभाव देखिएको हो । 

मन्त्रालयले सापटीमा मल ल्याउन अनुमति दिएपछि कृषि सामग्री कम्पनी लिमिटेडले ७ दिनको समय राखेर बोलपत्र (टेण्डर) आह्वान गरिसकेको छ ।

समयमा रासायनिक मल नआउँदा यस भेगमा गरिने मकै, धान, मसुरो लगायत वर्खेबाली खेती प्रभावित हुने किसानको भनाइ छ । पर्सामा ४६ हजार हेक्टरमा धान खेती हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्