१९ असार २०८३, शुक्रबार

चीनमा नदीबाट ठूलो छाल आएपछि बगे एक दर्जन वाहन (भिडियो)

भदौ १६, २०७७
चीनमा नदीबाट ठूलो छाल आएपछि बगे एक दर्जन वाहन (भिडियो)

चीनको हाङ्चो शहरमा रहेको चियानताङ नदी नजिकको व्यस्त सडकमा ठूलो छाल आएपछि एक दर्जन वाहनहरू बगेका छन् । 

घटनाको भिडियो भाइरल बनिरहेको छ । छालले कारहरूको पंक्तिलाई केही सेकेन्डभित्रै निलेको देखिन्छ । 

भारी वर्षाका कारण घटना भएको हो र त्यसले सातवटा वाहनलाई क्षतिग्रस्त बनाएको छ । कोही हताहती भएको खबर छैन । 
 

टाइडल बोर नामक प्राकृतिक घटनाले विशाल छाल उत्पन्न गरेको हो । यो नदीभित्र उफान आएर त्यसको पानी घन्टौंसम्म माथि रहने स्थिति हो । 

टाइडल बोर संसारका विभिन्न स्थानमा देखापर्छन् तर चियानताङ बोर सबभन्दा विशाल हो ।

यसका छाल ३० फीटमाथिसम्म पुग्न सक्छ र ४० किलोमिटर प्रतिघन्टाको वेगमा अघि बढ्छ । 

यस नदीमा प्रत्येक शरद ऋतुमा छाल हेर्न हजारौं मानिसहरू आउने गरेका छन् । नाटकीय दृश्यको झल्को पाइन्छ कि भनी उनीहरू त्यहाँ ओइरिने गरेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्