
अस्ट्रेलियाको तास्मेनियास्थित समुद्री तटमा लगभग ३८० वटा ह्वेल माछा मरेका छन् ।
सोमवारदेखि सयौं पाइलट ह्वेलहरू पश्चिमी तटमा आइपुगेका थिए ।
उद्धारकर्ताहरूले बुधवारसम्ममा ५० वटा ह्वेललाई जोगाउन सफल भएका थिए र बाँकी ३० ह्वेललाई बचाउन सहयोग गरिरहेको बताए ।
‘
जीवित प्राणीहरू हुन्जेल उद्धार प्रक्रिया जारी रहने तास्मेनियाका सरकारी अधिकारीहरूले बताए ।
‘उनीहरू जीवितै रहँदा अनि पानीमा हुँदा आशा बाँकी रहन्छ तर समय बित्दै जाँदा उनीहरू थाक्छन्,’ तास्मेनिया डिपार्टमेन्ट अफ प्राइमरी इन्डस्ट्रीजका निक डेकाले बताए ।
तटमा छरिएका हजारौं लाश हटाउने प्राथमिकता रहेको उनले बताए । सफाइको योजनामा काम भइरहेको उनले बताए । यसअघि लाशहरू कि त तटमै गाडिन्थे कि त समुद्रमा लगेर फालिन्थे ।
ह्वेलहरू कि तटमा आएर अड्किएर भन्ने कुरा बुझ्न सकिएको छैन । तर यो प्रजाति तटमा आउने गरेको चाहिँ थियो ।
तटमा आएर अड्केका ह्वेल माछाहरूको सबभन्दा ठूलो संख्या हो । यसअघि पश्चिम अस्ट्रेलियामा सन् १९९६ मा ३२० वटा ह्वेल आएर फसेका थिए ।