३२ असार २०८३, बिहीबार

अघि बढ्यो प्रशासनिक पुनर्संरचना कार्य

कात्तिक २०, २०७४
अघि बढ्यो प्रशासनिक पुनर्संरचना कार्य
काठमाडौँ, २५ बैशाख- सरकारले सामान्य प्रशासनमन्त्रीको अध्यक्षतामा अधिकारसम्पन्न संघीय प्रशासनिक पुनर्संरचनासम्बन्धी उच्चस्तरीय निर्देशक समिति गठन गरी प्रशासनिक पुनर्संरचनाको कार्य अघि बढाएको छ । सामान्यका सहायक प्रवक्ता नन्दराज ज्ञवालीले समितिले प्रशासनिक पुनर्संरचनाका लागि प्रारम्भिक कार्य थालेको जानकारी दिए । ‘समितिले काम थालिसकेको छ, आवश्यक खाका र मोडालिटीबारे छलफल गर्न २६ वैशाखमा बैठक बोलाइएको छ,’ सहायक प्रवक्ता ज्ञवालीले भने ।samanya

सरकारले २१ वैशाखमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीको अध्यक्षतामा प्रमुख राजनीतिक दलका नेता तथा सांसदहरूलाई समेटेर समिति गठन गरेको थियो । समिति सदस्यमा सांसद राजेन्द्रप्रसाद पाण्डे, रेखा शर्मा, डा. आरजु देउवा राणा र पूर्वराज्यमन्त्री भुवन पाठक छन् । समितिको सदस्यसचिवमा सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा छन् ।

संवैधानिक प्रावधानअनुसार देश संघीय प्रणालीमा प्रवेश गरेको र सोहीअनुसारको प्रशासनिक पुनर्संरचना गरी कर्मचारी समायोजन गर्नेलगायतका महत्वपूर्ण जिम्मेवारी पूरा गर्न सामान्य प्रशासनमन्त्री बुढाथोकीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरिएको हो । सरकारले यसअघि प्रधानमन्त्रीको अध्यक्षतामा संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचनासम्बन्धी उच्चस्तरीय निर्देशक समिति र मुख्यसचिव डा. सोमलाल सुवेदीको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरी कार्य प्रारम्भ गर्दै आएको छ, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्