२५ जेठ २०८३, सोमबार

'कश्मीरीहरू आफूलाई भारतीय ठान्दैनन्'

असोज ९, २०७७
'कश्मीरीहरू आफूलाई भारतीय ठान्दैनन्'

जम्मु कश्मीरका पूर्व मुख्यमन्त्री फारूक अब्दुल्लाहले बुधवार एक अन्तर्वार्ता दिँदै कश्मीरीहरू अहिलेको स्थितिमा भारतीय बन्न नचाहने, बरू चिनियाँहरूले शासन गरे हुन्थ्यो भनी सोच्ने बताएका छन् । 

टीभी पत्रकार करन थापरसँगको अन्तर्वार्तामा एक प्रश्नको जवाफ दिने क्रममा अब्दुल्लाहले भने, ‘साँच्चै भन्नुपर्दा केन्द्र सरकारले कश्मीरमा आफूलाई भारतीय भन्न रुचाउने एकजना पनि भेट्ने छैन । तपाईं जोसँग गएर कुरा गर्नुस् न, पाकिस्तानीको कुरा गरिरहेको छैन, कश्मीरहरू नै आफूलाई भारतीय ठान्दैनन् अनि हामीजस्ता बोल्नुपर्नेहरू बाँच्छौं कि बाँच्दैनौं भन्ने कुरा मलाई थाहा छैन ।’
 

कश्मीरीहरूले सरकारलाई विश्वास गर्न नसकेकाले यस्तो मूड रहेको उनले बताए । मुलुक विभाजनका बेलामा कश्मीरका मानिसलाई पाकिस्तान जान सहज रहेको तर उनीहरू गान्धीको भारतमा बस्न रुचाए, मोदीको भारतमा हैन, उनले भने ।

उनले थपे, ‘अहिले चीन सीमापारिबाट अघि बढिरहेको छ । तपाईंले कश्मीरीहरूसँग कुरा गर्नुभयो भने चिनियाँहरू आएको ठीक मान्छन् । जसले जे भनोस्, चिनियाँहरूले मुसलमानमाथि कस्तो व्यवहार गरिरहेका छन् भन्ने कुरा ​कश्मीरीहरूलाई थाहा छ । म यसमा गम्भीर छैन तर इमान्दार छु । मानिसले सुन्न नचाहेको कुरा म इमान्दारीका साथ भन्छु । उनीहरू पाकिस्तान जान चाहँदैनन् किनकि सबै कुरा भताभुंग छ ।’

केन्द्र सरकारलाई दोषारोपण गर्दै उनले उपत्यकामा भारतको बारेमा कुरा गर्दा कसैले नसुन्ने बताए । सुरक्षाकर्मीहरू प्रत्येक सडकमा एके–४७ लिएर घुमिरहेको उनले दाबी गरे । ‘खै कहाँ छ स्वतन्त्रता ?’ उनले सोधे । 
 

salt training

कमेन्ट गर्नुहोस्