११ साउन २०८३, सोमबार

सैन्य अभ्यासका क्रममा रुसमा खसाइयो सु–३० लडाकू विमान (भिडियो)

असोज ९, २०७७
सैन्य अभ्यासका क्रममा रुसमा खसाइयो सु–३० लडाकू विमान (भिडियो)

मध्य रुसमा सैन्य अभ्यासका क्रममा सु–३० लडाकू विमानलाई भूलवश अर्को विमानले तोप हानेको हुनसक्ने स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विमानका चालकहरू सुरक्षित रूपमा बाहिरिए तर विमान भने क्षतिग्रस्त भयो ।

सन् २०१२ मा ५ करोड डलर परेको उक्त विमान रुसको त्वेर क्षेत्रमा मंगलवार खसेको थियो । दुई चालक दुर्घटनामा बाँच्न सफल भए र उद्धार गरिए । उनीहरूको अवस्था सन्तोषजनक रूपमा सामान्य रहेको रुसको पश्चिमी सैन्य कमान्डले जानकारी दियो । 

सेनाले दुर्घटनाका बारेमा केही नबताएपनि विभिन्न सञ्चारमाध्यमहरूले विमानलाई खसाइएको लेखेका छन् । प्रारम्भिक खोजमा उक्त विमानलाई सैन्य अभ्यासका क्रममा अर्को विमानले तोप हानेको एक अज्ञात स्रोतले तास समाचार संस्थालाई बतायो । 
 

कोम्मरसान्त दैनिक पत्रिकाले थप विवरण दिँदै विमानलाई अर्को विमानको अटोक्यानन शेलले प्रहार गरेको लेख्यो । विमानहरूले अभ्यासका क्रममा गोलीगट्ठा वा क्षेप्यास्त्र सामान्यतया नबोक्ने भए पनि त्यो विमानले अटोक्यानन बोकेको रहेछ । तोपले सु–३० विमानको पुच्छरमा प्रहार गरेको थियो । 

विमानका टुक्राहरू एक जंगलमा छरिएको देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्