२२ जेठ २०८३, शुक्रबार

बझाङमा बालिका मृत भेटिइन्, शरीरभरि नीलडाम

बझाङमा बालिका मृत भेटिइन्, शरीरभरि नीलडाम
सांकेतिक तस्वीर

जिल्लाको मष्टा गाउँपालिका–२ खिकाला घर भएकी एक बालिका बुधबार मृत अवस्थामा भेटिएकी छन् ।

गाउँ नजिकै रहेको सिममाडु मन्दिरमा नाङ्गो अवस्थामा र शरीरमा नीलडामका चोटसहित शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिजुली कामीकी १२ वर्षीया छोरीको शव भेटिएपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । स्थानीय भातेखोला प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक रुपक खड्काको टोली घटनास्थल पुगेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले बताएका छन् । 

प्रहरी उपरीक्षक खड्काले घटना हेर्दा रहस्यमय भएको बताउनुभयो । उहाँका अनुसार सोही गाउँका १६ वर्षीय राजेन्द्र बोहोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमखेतमा ल्याउने तयारी गरिएको उनले बतए ।

बालिकाले कानमा लगाएको सुन लुछिएको र शरीरभरि नीलडाम हुँदा बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्