
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १४ सय ९७ मा कोरोना संक्रमण भएको जनाएको छ ।
बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ४ सय ४९ पीसीआर परीक्षणमा १४ सय ९७ मा कोरोनाको संक्रमण भएको बताएका हुन् ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ सय ५७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।
हालसम्म संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ५० हजार ४११ रहेको छ ।