![कोरोनाका कारण पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु, १४ सय ९७ संक्रमित [अद्यावधिक विवरणसहित]](https://lktcdn2.prixacdn.net/media/Corona_death_PZ8PztjQ62.png)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण १७ जनाको मृत्यु भएको जनाएको छ ।
मन्त्रालयले बिहीवार एक सूचना जारी गरेर एक दिनमा १७ जनाको कोरोनाका कारण १७ जनाको मृत्यु भएको जनाएको हो ।
यससँगै नेपालमा कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या ४ सय ५३ रहेको छ ।
पछिल्लो २४ घण्टामा साढे ११ हजार पीसीआर परीक्षणमा १४ सय ९७ कोरोना संक्रमित भेटिएका छन् ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ सय ५७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।
हालसम्म संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ५० हजार ४११ रहेको छ ।







