
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७ सय ५५ मा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार एक सूचना जारी गर्दै काठमाडौँ उपत्यकामा ७ सय ५५ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।
मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण १७ जनाको मृत्यु भएको जनाएको छ ।
नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ सय ५३ रहेको छ ।
पछिल्लो २४ घण्टामा साढे ११ हजार पीसीआर परीक्षणमा १४ सय ९७ कोरोना संक्रमित भेटिएका छन् ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ सय ५७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।
हालसम्म संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ५० हजार ४११ रहेको छ ।