३० जेठ २०८३, शनिबार

घरमाथि पहिरो खस्दा एकै परिवारका ९ जनाको मृत्यु

असोज ८, २०७७
घरमाथि पहिरो खस्दा एकै परिवारका ९ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा एकै परिवारका ९ जनाले ज्यान गुमाएका छन् भने १ जना घाइते छन् । 

अविरल वर्षापछि घरमाथि खसेको पहिरोले वालिङ नगरपालिका–१४ तमादीमा ९ जनाको निधन भएको हो ।

वालिङ–१४ तमादीकी ४८ वर्षीया माया नेपालीको घरमाथि बिहीवार बिहान ६ बजेतिर खसेको पहिरोमा पुरिँदा मृत्यु हुनेमा उनीसहित २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १९ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली र ७ महिनाका एक बालक छन् । 

पहिरोमा मायाको परिवारका १० जना सदस्य पुरिएकोमा १६ वर्षीया मनीषा नेपालीलाई भने जीवितै उद्धार गरी उपचारार्थ गण्डकी मेडिकल कलेज पोखरामा उपचारार्थ ल्याइएको छ ।

प्रहरीले स्थानीयको सहयोगमा पहिरोमा पुरिएकाहरूको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । 

कालीगण्डकी गाउँपालिका–४ गौतमडाँडाका बाबुराम दमाई र जगतबहादुर दमाइको घरमाथि बुधवार राति करीब ३ बजे पहिरो खस्दा बाबुरामका १६ वर्षीय छोरा विष्णुको मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्